नियम ३४
मतपेटिका बन्द गर्ने
(१) मतदान अधिकृतले मतदानको काम समाप्त भएपछि मतपेटिकाको मतपत्र खसाल्ने प्वाल आयोगद्वारा निर्धारित तरिका बमोजिम बन्द गरी सुरक्षण सिल लगाई आफुले सहीछाप गरी मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको सहीछाप गराई मुचुल्का तयार गर्नु पर्नेछ । (२) उपनियम (१) बमोजिम तयार गरिएको मुचुल्कामा उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिले सहीछाप नगरेमा सोही व्यहोरा जनाई मतदान केन्द्रमा उपस्थित अन्य दुईजना व्यक्तिको सहीछाप गराउनु पर्नेछ ।